logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • १७ दशमलव ३६ अङ्कले बढ्यो नेप्से

    १७ दशमलव ३६ अङ्कले बढ्यो नेप्से

    1.1K
    Shares
    १७ दशमलव ३६ अङ्कले बढ्यो नेप्से

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो ।

    आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।

    आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ९५ दशमलव ४२ र उत्पादन तथा प्रशोधन समूह ७९ दशमलव ६३ अङ्कले बढेको छ ।

    आज बैंकिङ समूह १२ दशमलव १७, विकास समूह ५७ दशमलव ०५, वित्त समूह १७ दशमलव ४९, होटल तथा पर्यटन समूह ६६ दशमलव ९७ र जलविद्युत् समूह १२ दशमलव नौ अङ्कले बढेको छ ।

    त्यस्तै जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ३०, उत्पादन समूह १५ दशमलव ८०, व्यापार समूह १३ दशमलव २२ र अन्य समूह छ दशमलव ७४ अङ्कले बढेको छ ।

    आज तारागाउँ होटल रिजेन्सीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सात करोड ९१ हजार पाँच सय ५७ बराबरको एक लाख ६६ हजार २२ कित्ता शेयर किनबेच भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend