कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सह प्रवक्ता शैलेन्द्र थापाकाअनुसार भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, जुत्ताचप्पल, किटनाषक औषधि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (विओपी गड्डाचौकी) ले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको सामान तथा साईकल गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।