logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    854
    Shares
    संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ।

    संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक अपराह्न ४ बजेर १ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

    बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले शुक्रबार अपराह्न ४ बजेर १ मिनेटमा सारिएको थियो ।

    यसअघि प्रतिनिधिसभा बैठक संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद् सम्बन्धी ऐन पारित गर्ने लगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो । तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई विशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो विधेयक कार्यसूचीबाट हट्न पुगेको थियो ।

    यस अघि माथि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend