logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • महावीर पुन र सरकारबीचको छलफल सकारात्मक, भोलिसम्ममा दुवैतर्फबाट माग पुरा गर्न वार्ता टोली बनाउने समझदारी

    महावीर पुन र सरकारबीचको छलफल सकारात्मक, भोलिसम्ममा दुवैतर्फबाट माग पुरा गर्न वार्ता टोली बनाउने समझदारी

    805
    Shares
    महावीर पुन र सरकारबीचको छलफल सकारात्मक, भोलिसम्ममा दुवैतर्फबाट  माग पुरा गर्न वार्ता टोली बनाउने समझदारी

    काठमाडौँ । सरकारले धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता गरेको छ।

    आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने समझदारी बनेको छ।

    उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आन्दोलनरत पुनलगायतबीच सिंहदरबारमा आज दिउँसो छलफल भएको थियो।

    छलफलपछि महावीर पुनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले उठाइरहेका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको प्रतिक्रिया दिए।

    ‘दुवै तर्फबाट वार्ता टोली बनाउने सहमति भएको छ। आज अपरान्ह ५ बजेसम्म वार्ता टोली बन्छ र राति वा भोलिसम्म सहमति होला,’ पुनले भने, ‘सरकारले माग सम्बोधन गर्न खोजेको देखिन्छ।’

    उपप्रधानमन्त्री खड्कासँग छलफल भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई पटक टेलिफोन सम्पर्क गरेकोसमेत पुनले बताए।

    आविष्कारका क्षेत्रमा सरकारले बजेट बिनियोजन बढाउनुपर्नेलगायतका माग राख्दै ३ दिनदेखि पुन माइतीघरमा धर्ना गरिरहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend