logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • निरा पाण्डे हत्या प्रकरण: लुटपाट गर्ने उद्देश्यले हत्या भएको प्रहरी भनाई

    निरा पाण्डे हत्या प्रकरण: लुटपाट गर्ने उद्देश्यले हत्या भएको प्रहरी भनाई

    966
    Shares
    निरा पाण्डे हत्या प्रकरण: लुटपाट गर्ने उद्देश्यले हत्या भएको प्रहरी भनाई

    काठमाडौँ । प्रहरीले काठमाडौँको चाबहिल सरस्वतीनगरस्थित भाँडा पसलकी सञ्चालिका निरा पाण्डे (आचार्य) को हत्या प्रकरणका अभियुक्तलाई सार्वजनिक गर्दै घट्ना अनुसन्धानका क्रममा लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताएका हुन् ।

    हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको प्रहरी भनाइ छ ।
    बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

    ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’ एसएसपी आचार्यले भने ।

    निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ । ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ एसएसपी आचार्यले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend