logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

    बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

    1.3K
    Shares
    बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

    बैतडी । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो।

    गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।

    टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको छ । ‘टाउको भेट्टिएको भएपनि महिलाको हो कि पुरुषको हो कि भन्ने चिन्न नसकिने अवस्थामा रहेको छ’, प्रहरी निरीक्षक चौधरीले भने।

    गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend