सुनौलो नेपाल बाग्लुङ्ग -अघिपछि स-साना कुराहरुमा खिचातानी गर्दै झैँ झगडा गर्ने राजनीतिक दलहरु विकास निर्माणमा राज्यले खर्च गर्ने पैसाको कमिसनमा भने एक भएको तथ्य खुलेको छ । यो प्रसङ्ग हो बाग्लुङ्ग जैमुनी नगरपालिका ८ छिस्तीमा विभिन्न ठाउँमा मोटरबाटो खन्ने आएको बजेटलाई जनप्रतिनिधि र राजनैतिक दलहरुले हिनामिना गरेको ।
त्यहाँका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका नेताहरुले ठेकदारलाई रकम भुक्तानी गर्न भनि वडाबाट कागजात बनाई रकम निकासा गरी सबैको मिलेमतोमा आफ्नै खल्तीमा भरेको तथ्य अन्ततः सार्वजनिक भएको छ ।
यसरी नक्कली कागजात बनाई रकम हिनामिना गर्नेहरुमा सत्तारुढ नेकपा जैमुनी नगरपालिका ८ का पार्टी सचिब टेकबहादुर क्षेत्रीले एक लाख पांच सय, स्थानीय जनप्रतिनिधि नेपाली काँग्रेसबाट निर्बाचित वार्ड सदस्य कर्णसिंह पुनले पन्ध्र हजार , राष्ट्रिय जनमोर्चाका जैमुनी ८का अध्यक्ष रघुनाथ पौडेलले पन्ध्रहजार गरी एक लाख पचास हजार भागबन्डा गरी खाएको अडियो प्रमाण सुनौलो नेपाललाई प्राप्त भएको छ ।
टेन्डरमा अनियमितता कम बोल्नेलाई कुटाई महँगो डोजरलाई ठेक्क्का
वार्ड नं ८ मै संचालित विकास निर्माणका आयोजनाहरु ठेक्कामा पनि ठुलो कमिसनको चक्कर चलेको खुलेको छ वार्ड कार्यालयबाट संचालित आयोजनाहरुको टेन्डर प्रक्रियामा कम रकममा काम गर्न इच्छुक ठेकेदारलाई पाखा लगाउदै बढी रकम बोल्ने ठेकेदारलाई बिकास निर्माणको जिम्मा दिएको छ ।
यसै क्रममा ठेकेदार छनोट प्रक्रियामा वार्ड कार्यालयले अनियमितता गरेको भन्दै केहि जनताहरुले बिरोध गर्दा जनतालाई कुटेर योजना सुम्पिएको छ ।
यस सम्बन्धमा सुनौलो नेपालले वार्ड अध्यक्ष बिजय अधिकारीलाई सम्पर्क गर्दा कम रकम बोल्ने ठेकेदारबाट गुणस्तरीय काम हुन् नसक्ने देखिएपछि उपभोक्ता समूहले बढी रकममा बिकास ठेक्का दिएको भन्दै आफ्नो बचाऊ गरेका छन् । उनि नेपाली काँग्रेसबाट निर्बाचित वडा अध्यक्षा हुन् ।