logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • काठमाडौंमा ठूला ताल सहितका चारवटा स्मार्ट सिटी बनाइने

    काठमाडौंमा ठूला ताल सहितका चारवटा स्मार्ट सिटी बनाइने

    2.8K
    Shares

    पौष ८ काठमाडौं व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

    बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ । भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिए ।

    काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को डीपीआर मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा रहेको छ । डीपीआरको मस्यौदा प्राधिकरणलाई प्राप्त भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend