सुनौलो नेपाल/ काठमाडौँ – केहि दिन अगाडी प्रहरी प्रधान कार्यालयले गरेको सात जिल्लाका एसपीको सरुवालाई मध्य चितवन जिल्लाका एसपी दान बहादुर मल्लको सरुवा तत्काल कार्यन्वयन नहुने भएको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीमा मल्ललाई त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा सरुवा गरीएको थियो। तर चितवनमा भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको परिवर्तन भएकोले जिल्लाको सुरक्षा प्रमुखहरु एकैपटक सरुवा हुँदा शान्ति सुरक्षामा नयाँ प्रमुखहरुलाई अप्ठ्यारो पर्ने भएकोले उनको सरुवा यथावत राखिएको छ।
चितवन सुरक्षाका हिसाबले समेत संबेदनशिल जिल्ला भएकोले समेत तत्काल त्यो कार्यान्यन हुँदा सुरक्षामा जाटिल बन्ने देखिकोले त्यो रोकिएको प्रहरी स्रोतले सुनौलो नेपाललाई बतायो।
एसपी मल्लले पनि ६ महिनाको सुरक्षा सम्बन्धि एक्सन प्लान बनाएर अगाडी बढेकोले त्यसलाई सफल बनाउन आफु लागेको र बिचमै हुने यस्ता सरुवाले प्रहरीको मनोबलमा असर गर्ने मल्लको धारणा छ।
तर मल्लकै ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त चितवनमा प्रहरी प्रमुखका रुपमा जाने सुची प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको थियो। तर केही वर्षअघि फेसबुक स्टाटसमा उनले लेखेको शब्दका कारण समेत उनलाई चितवन लैजान समेत असहज बनेको छ।
यस बिषयमा बुझ्न प्रहरी केन्द्रीय प्रवक्ता लाई फोन गर्दा उनले भने सरुवा भएको तर कार्यान्यवन नहुने भन्ने निर्णय अहिले नभएको उनले बताए।