logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • महावीर पुन र सरकारबीच सात बुँदे सहमति, आन्दोलन स्थगित

    महावीर पुन र सरकारबीच सात बुँदे सहमति, आन्दोलन स्थगित

    980
    Shares
    महावीर पुन र सरकारबीच सात बुँदे सहमति, आन्दोलन स्थगित

    काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ । सोमवार सिंहदरबारमा सरकार र पुनबीच ४ बुँदे सहमति भएको हो ।

    सोमवार उपप्रधान एवं रक्षा र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काबीच वार्ता भएपछि सहमति जुटेको हो । सरकार र पुनबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्नुपर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरुमा लगानी गर्ने, कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसदको आउँदो अधिवेशनमा विधेयक पेस गरी पारित गर्ने, सो विधेयकको मस्यौदा सरोकारवालको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने, आगामी आर्थिक वर्षदेखि संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम, अनुसन्धान तथा विकास नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने, अनुसन्धान तथा विकास नवप्रवर्तन तथा आविष्कारलाई प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, कानूनी एवं संस्थागत प्रवन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, सञ्चालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित कानूनमा सुधार गरी सहजीकरण गर्ने, मागपत्रमा उल्लेखित विषयहरुमा दुवै पक्ष बसेर समीक्षा गर्ने र महावीर पुनको नेतृत्वमा भइरहेको धर्ना लगायत सबै आन्दोलन कार्यक्रम अन्त्य गर्ने सहमति भएको हो ।

    सहमतिपत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं रक्षा र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने विषयमा सहमति भएको बताए । उनले कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरुमा लगानी गर्नेकुरामा सहमति भएको बताए ।

    उनले भने, ‘नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानलाई अघि बढाउन संघीय सरकारको वार्षिक विकास बजेटको एक प्रतिशत बजेट कोषमा जम्मा गर्ने, कोषको सञ्चालन, व्यवस्थापन र लगानी गर्ने विधिहरु प्रक्रिया, विभाग निकाय महावीर पुनले ४ बुँदाभित्र दर्शाउनुभएको कुरालाई सम्बोधन हुनेगरी आउने अधिवेशनमा विधेयक बनाइ पेस गर्ने, अधिवेशनबाट संसदबाट परित गर्ने र त्यही अनुसार लगानी व्यवस्थापन गर्नेगरी सहमतिमा हस्ताक्षर गरेका छौँ ।’

    सहमतिमा हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष पुनले आजबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरुलाई जागरुक गर्न आन्दोलन गर्ने बताए । उनले आन्दोलन शान्तिपूर्ण भएको र छलफल पनि सकारात्मक भइ सहमति भएको बताए ।

    उनले सरकारले माग पूरा गरेको छ भनेर बसिरह्यो भने आन्दोलन गरेको अर्थ नरहने भन्दै उनले अब युवाहरुलाई उठाउने आन्दोलन शुरु गर्ने बताए ।

    उनले भने, ‘सम्झौतामा हस्ताक्षर गरिसकेपछि एकमुखे हुनुपर्छ । हस्ताक्षर अनुसार आन्दोलन रोक्छौँ । आन्दोलन मात्रै नभइ अभियान पनि हो । यो आन्दोलनमा थुप्रै नागरिकले भाग लिनुभएको छ । यो आन्दोलन शान्तिपूर्ण भयो, छलफल पनि राम्रो भयो । आन्दोलन बन्द भयो, सरकारले माग पूरा गरेको छ भनेर बसिरह्यो भने यो आन्दोलन गरेको केही अर्थ हुँदैन, अब हाम्रो प्रयास अर्को आन्दोलन हुन्छ, अब युवाहरु लाग्नुपर्छ भन्नेतिर हामी लाग्नुपर्छ । अबको मेरो आन्दोलन युवाहरुलाई जागरुक गराउने हुनेछ ।’

    अध्यक्ष पुनले आन्दोलनमा ऐक्यवद्धता जनाउने सम्पूर्ण नागरिकहरुलाई धन्यवाद दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend