काठमाडौँ । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल मंगलबार सुरु भएको छ
हिजो रोकिएकै चरणबाट बाँकी खेल सुरु भएको हो ।
फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।