logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एसिसी प्रिमियर कप फाइनलः युएईले दिएकाे ११८ रनको लक्ष्य पछ्याउँदै नेपाल, ३ विकेटको क्षतिमा जोड्यो ७० रन

    एसिसी प्रिमियर कप फाइनलः युएईले दिएकाे ११८ रनको लक्ष्य पछ्याउँदै नेपाल, ३ विकेटको क्षतिमा जोड्यो ७० रन

    1K
    Shares
    एसिसी प्रिमियर कप फाइनलः युएईले दिएकाे ११८ रनको लक्ष्य पछ्याउँदै नेपाल,  ३ विकेटको क्षतिमा जोड्यो ७० रन

    काठमाडौँ । काठमाडौँको कीर्तिपूर खेलमैदानमा जारी एसिसी प्रिमियर कप अन्तर्गत युएईविरूद्धको फाइनलमा ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि गुल्सन झाले राम्रो प्रदर्शन गरिरहेका छन्।

    दुबै ओपनर आउट भइसकेको खेलमा गुल्सनले ४ छक्का र ३ चौका हानेर नेपाललाई भरथेग दिएका छन् ।

    ५३ बल खेलका उनले ४५ रन बनाएका छन्। उनलाई भीम सार्कीले साथ दिइरहेका छन्।

    नेपालले २२ ओभर खेल समाप्ती हुँदासम्म ७० रन जोडेको छ । जसमध्ये गुल्सनले ४७ रन हानेका हुन्। १७ ओभरमा उनले एक छक्का र दुई चौका हानेका थिए।

    अहिलेसम्म नेपालले ३ विकेट गुमाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend