काठमाडौँ । जारी एसिसी प्रिमियर कपमा यूएईबिरुद्धको खेलमा नेपालले सानदार जित निकालेको छ । यूएईले दिएको ११८ को रनको लक्ष्य पूरा गर्दै नेपालले जित निकाल्न सफल भएको हो ।
यूएईलाई ७ विकेटले पराजित गरेसँगै नेपालले एसिया कपमा स्थान बनाउन सफल भएको छ । यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरको खेलमा पूरा गरेको हो । नेपालका लागि गुल्सन झाले ६७ रनको योगदान दिए ।