आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

ऐतिहासिक जितसँगै एसिया कप यात्रा तय गरेको नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

ऐतिहासिक जितसँगै एसिया कप यात्रा तय गरेको नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेकी छिन्  ।

उनले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिदैँ आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाएकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गरेको पनि उनको सचिवालयले जनाएको छ ।

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend