logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • वैशाख २२ र २३ गते विराटनगरमा ‘अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप– २०८०’

    वैशाख २२ र २३ गते विराटनगरमा ‘अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप– २०८०’

    931
    Shares
    वैशाख २२ र २३ गते विराटनगरमा ‘अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप– २०८०’

    विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप–२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ ।

    प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिए।

    राष्ट्रको लागि खेलकूद, राष्ट्रिय एकता, नैतिकता कायम राख्न एवं खेलकुदको माध्यमबाट भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १९ स्वर्ण १९ रजत र ३८ काश्यमा गरी १९ तौल समूह प्रतिस्पर्धा हुने पूर्वाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख सोभित प्रसाइँले बताए ।

    प्रतियोगितामा रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसमेत व्यवस्था रहेको कराँते महासङ्घ मोरङका अध्यक्ष रुपेश बरालले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend