logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सर्वोच्च अदालतले अविलम्व प्रधान्यायाधीश पाउनुपर्छः बार एशोसिएशन

    सर्वोच्च अदालतले अविलम्व प्रधान्यायाधीश पाउनुपर्छः बार एशोसिएशन

    1.4K
    Shares
    सर्वोच्च अदालतले अविलम्व प्रधान्यायाधीश पाउनुपर्छः बार एशोसिएशन

    काठमाडौँ । अविलम्व प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ । बुधवार पनि नेपाल बार परिसरमा कानून व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् ।

    उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्व पाउनुपर्ने बताए । उनले अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताए । उनले नेपालका विभिन्न निकायहरु आफ्नो भुमिकाबाट टाढिँदै गएको बताए ।

    उनले भने, ‘नेपालको न्यायपालिकाले प्रमुख पाउन नसकेको विषय प्रमुख रुपमा रह्यो । अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन सिस्टम अगाडी बढ्न सकेन । बेथितिको कुरा एकातर्फ मात्रै छैन । बेथितिको कुरा जताततै छ । संसद बेखबर छ । सरकार बेखबर छ । कयौँ विषयहरुमा न्यायपालिका पनि बेखबर छ । यो सबै विषयमा हामीले उठाउनुपर्ने आवश्यकता छ । यो उठाउने ठाउँ भनेको एउटा प्रमुख स्टेक होल्डर भएको नाताले हामी कानून व्यवसायी नै हो । हामीले उठाइराखेका छौँ । यो हाम्रो धर्म हो । नेपाली जनता एकातर्फ न्याय नपाएर रुँदै हिँड्नुपर्ने अवस्थाको विद्यमानता छ भने अर्कोतर्फ नेपालका जुन निकायहरु छन्, जुन जिम्मेवार निकायहरु छन् । ति जिम्मेवार निकायहरु आफ्नो भुमिकाबाट च्युत भएको अवस्था छ । आफ्नो भुमिकाबाट पर सरेको अवस्था हामी देख्दैछौँ ।’

    नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभइ संस्थाको लागि र अदालतमा भइरहेको गलत कामहरुको लागि भएको बताए । उनले उच्च र जिल्ला अदालतहरुमा बाँकी न्यायाधीश तत्काल पूर्ति गर्नुपर्ने माग गरे ।

    कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend