logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस्ः विश्व हिन्दु महासंघ

    विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस्ः विश्व हिन्दु महासंघ

    917
    Shares
    विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस्ः विश्व हिन्दु महासंघ

    काठमाडौँ । विश्व हिन्दु महासंघले विधिसम्मत रुपमा महासभा बोलाउने प्रतिवद्धता व्यक्त गरेको छ । विधिसम्मत रुपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानून विपरित भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ ।

    बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका महासचिव उत्तमराज भण्डारीले विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई अध्यक्ष चुनेको र अध्यक्ष भण्डारीकै नेतृत्वको कार्यकारिणी समितिले महासंघको महासभा बोलाउने भएको भ्रममा नपर्न आग्रह गरे ।

    उनले संस्थाको तर्फबाट अनधिकृत रुपमा महासभा बोलाएको र संस्थामा आफ्नो स्वार्थपूर्तिका लागि नेतृत्व छनोट गर्नेजस्ता काम पाटन उच्च अदालतले रोकिदिएको भन्दै अब विधिसम्मत रुपबाट अघि बढ्न आग्रह गरे ।

    त्यस्तै विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्व हिन्दु महासंघ पक्ष÷विपक्षमा उभिनु नराम्रो भएको भन्दै सबै एक भएर अघि बढ्नुपर्ने बताइन् । उनले बाध्यात्मक परिस्थितिका कारण सञ्चारकर्मीहरुमाझ महासंघको बारेमा यथार्थ बुझाउनुपरेको बताइन् ।

    उनले भनिन्, ‘ओंकार परिवारको एउटा सर्वोच्च संस्था आज पक्ष, विपक्षमा भएर अदालतमा पुग्नु भनेको आफैँमा नराम्रो हो । यो बाध्यात्मक परिस्थिति हो, यो दुःखको कुरा हो । उच्च अदालत पाटनले गरेको फैसला स्वागतयोग्य छ ।’

    उनले महासंघले अन्तर्राष्ट्रिय संघ,संस्थाहरुसँग समेत परामर्श गरी विधान बमोजिम कार्यकारिणी समितिबाट महासभा बोलाउने स्पष्ट पारिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend