काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा छलफल भएको उच्चस्तरीय राजनीतिक स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न अनुरोध गरेका अध्यक्ष ओली निकट एक नेताले बताए ।