logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले औचित्य पुष्टि हुनेगरी आगामी आव वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँछ: ऊर्जामन्त्री

    सरकारले औचित्य पुष्टि हुनेगरी आगामी आव वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँछ: ऊर्जामन्त्री

    805
    Shares
    सरकारले औचित्य पुष्टि हुनेगरी आगामी आव वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँछ: ऊर्जामन्त्री

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

    मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित भएको पनि बताए । जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताका अपेक्षाहरु पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रुपमा लिनुपर्ने पनि पटकपटक दोहोर्‍याए ।

    मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै अनुभूति गर्न सकिने दावी गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षा अनुसार सरकारले काम सुचारु गर्ने उनको भनाई थियो ।

    मन्त्री बस्नेतले भने, ‘जनताका अपेक्षाहरु पनि धेरै छन । यो कुरा पनि हामी बुझ्दछौं । देशको समग्र परिस्थितिका के अप्ठ्याराहरु छन ? यो विषयमा यहाँहरुले अझ धेरै बुझेकै अवस्था हो । यी सबै परिस्थितिको पृष्ठभूमिमा फेरी पनि सरकारको समग्र कार्यकालका निम्ति यो अवधि एउटा तयारीकै अवधि हो । र, त्यसको कम्बिनेशन अथवा त्यसको उत्कर्ष मलाई लाग्दछ । सरकारले संसदमा प्रस्तुत गर्ने वार्षिक नीति, कार्यक्रम, वार्षिक बजेट कार्यक्रम, त्यो तयारीको उत्कर्ष हो । सरकारको वार्षिक नीति तथा कार्यक्रम, बार्षिक बजेट कार्यक्रममार्फत घोषणा गरिने विषयबस्तुहरुको प्रभावकारी कार्यान्वयन । सरकारले आफ्नो औचित्य सही ढंगले सावित गर्छ । अव यो सरकार बनेपछि पहिलो पटक नीति तथा कार्यक्रम, बजेट कार्यक्रम प्रस्तुत गर्दैछ । र, अहिले सरकारको मुख्य ध्यान त्यसको तयारीमा रहेको छ । मैले यो कुरा चाही विनम्रतापूर्वक राख्न चाहन्छु । यो विषय परिस्थितिको विषयमा सरकारले प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेट कार्यक्रममार्फत आफ्नो औचित्य सावित गर्छ शान्दार ढंगले । र, सरकार अहिले मूलतः त्यही कुरा केन्द्रित भएको छ । यो सँगसँगै यसका डेलिभरीका पाटोहरु छन । दैनिकीका विषयहरु छन । त्यसमा थप कसरी सुधार ल्याउन सकिन्छ ? त्यसको प्रभावकारिता कसरी बढाउन सकिन्छ ? यसबारेमा पनि आवश्यक ध्यान दिईराखेको छ । र, त्यसलाई देख्ने र अनुभूति गर्ने परिस्थिति पनि निर्माण भईरहेको छ । अहिले सरकारको वार्षिक नीति, कार्यक्रम र बजेट कार्यक्रमको तयारीमा लागेको छ । यो मार्फत अझ जनअपेक्षा बमोजिम मुलुकलाई अगाडि बढाउने गरी कामबारबाहीहरु सुरु हुनेछन ।’

    मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend