logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    1.2K
    Shares
    सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    शनिबार सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक, आगामी आर्थिक वर्षको बजेट र भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

    एमाले, कांग्रेसलगायतका शीर्ष नेताहरु भुटानी शरणार्थी प्रकरण मुछिएपछि भएको प्रधानमन्त्रीसँग ओलीको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

    एमालेले निष्पक्ष छानविन गर्नुपर्ने र राजनीतिक प्रतिशोधका आधारमा एमालेका नेतालाई पक्राउ गर्ने तर उक्त प्रकरणमा परेका सत्ता गठबन्धनका नेतालाई जोगाउने खोजिएका खण्डमा स्वीकार्य नहुने चेतावनी दिएको छ।

    एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन प्रचण्डले बनाएपछि टाढिएका दुई नेताबीच पछिल्लो समय लगातार भेट भइरहेको छ।

    प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा सरकारलाई समर्थन गरेको रास्वपाले शुक्रबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

    यससँगै माओवादी नेतृत्वको अहिलेको सरकारको आयूका सम्बन्धमा समेत राजनीतिक वृत्तमा टिप्पणी हुने थालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend