logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु

    आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु

    1.2K
    Shares
    आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु

    काठमाडौं । आज देखी तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ ।

    जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिए ।

    उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

    संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधबार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

    शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend