logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • पीपीएल फाइनल: विस्फोटक पारी खेल्दै चितवनका कप्तान पारस खड्का आउट

    पीपीएल फाइनल: विस्फोटक पारी खेल्दै चितवनका कप्तान पारस खड्का आउट

    2.6K
    Shares

    पौष १२ काठमाडौं पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ । गत सिजनको उपविजेता चितवन राइनोजसँग फाइनल खेलिरहेको विराटनगर पहिलो पटक उपाधि जित्ने दाउमा छ ।

    चितवन राइनोजका कप्तान पारस खड्का आउट भएका छन्। उनले ११ बलमा २५ रनको विस्फोटक पारी खेलेर आउट भएका हुन्। किशोर महतोले नुमान खानको हातबाट पारसलाई क्याच आउट बनाउन सफल भएका हुन्। यतिबेला चितवनले ३. ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रङ बनाएको छ।

    चितवन लिग चरणमा सबै खेल जित्दै फाइनल प्रवेश गरेको थियो भने विराटनगर इलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

    चितवन पहिलो संस्करणको प्रतियोगितामा पनि फाइनल प्रवेश गरेको थियो । फाइनलमा पोखरा पल्टनले चितवनलाई ३ विकेटले हराएको थियो भने विराटनगर लिग चरणबाटै बाहिरिएको थियो । विराटनगर पीपीएलको फाइनल पुगेको पहिलो पटक हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend