logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

    काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

    910
    Shares
    काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

    काठमाडौँ । जेठ दोस्रो साताबाट नेपालमा आयोजना हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सोमवार सार्वजनिक गरिएको छ ।

    नेपाल भलिबल संघले सोमवार एक कार्यक्रमको आयोजना गरेर आगामी जेठ महिनामा नेपालमा आयोजना प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

    ट्रफी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाली महिला टोलीका मुख्य प्रशिक्षक बेल्जियन जान डे ब्रान्ट, महिला भलिबल टिमकी कप्तान अरुणा शाही तथा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सार्वजनिक गरे ।

    काभा महिला च्यालेन्ज कप जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुँदैछन् । राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा दक्षिण एशिया तथा सेन्ट्रल एशियाका ८ राष्ट्रको सहभागीता रहनेछ । प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागिता रहनेछ ।

    काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले पहिलो खेल कीर्गिस्तानसँग खेल्ने भएको छ । जेठ ८ गते शुरु हुने च्याम्पियनसिपको पहिलो दिन हुने चार खेलमध्ये तेस्रो खेल नेपाल र कीर्गिस्तानबीच हुनेछ । च्यालेन्ज कपमा पहिलो दिनको पहिलो खेल उज्वेकिस्तान र श्रीलंकाबीच हुनेछ । दोस्रो खेल बंगलादेश र भारतबीच हुनेछ । त्यस्तै अन्तिम खेल माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।

    सात दिने प्रतियोगिताको पहिलो तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, तेस्रो खेल भारतसँग जेठ १० गते खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

    दुई समूहको राउण्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।

    प्रतियोगिताका लागि नेपालले महिला टिमको प्रशिक्षण शुरु गरिसकेको छ । मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्टको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend