logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

    नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

    868
    Shares
    नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

    काठमाडौं । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। नेपाल प्रहरीको विशेष टोलीले मंगलबार दिउँसो नेता रायमाझीको घरमा छापा मारेको हो।

    ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ।

    प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संलग्नता रहेको आरोप लागेको छ।

    यो घटनामा यसअघि उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend