काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरिएको हो । यसै प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले सम्म फरार छन् ।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अहिले सम्म फरार नेता रायमाझीको घरमा हिजो मात्रै प्रहरीको विशेष टोली छापा हानेएको थियो ।