logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • दोषी उम्कन नदिने गरी शरणार्थी प्रकरणको छानविन गर्न सरकारको गम्भिर ध्यानाकर्षण: सांसद खतिवडा

    दोषी उम्कन नदिने गरी शरणार्थी प्रकरणको छानविन गर्न सरकारको गम्भिर ध्यानाकर्षण: सांसद खतिवडा

    819
    Shares
    दोषी उम्कन नदिने गरी शरणार्थी प्रकरणको छानविन गर्न सरकारको गम्भिर ध्यानाकर्षण: सांसद खतिवडा

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारलाई दवाव दिएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविनमाथि आशंका भईरहेका बेला उनले दोषीलाई उम्कन नदिने गरी सो प्रकरणको छानविन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

    बुधबार प्रतिनिधिसभा बैठकका शुन्य समयमा बोल्दै सांसद खतिवडाले कतिपय भूकम्प पीडितहरुले अझै पनि अनुदान बापतको दोस्रो र तेस्रो किस्ता रकम नपाएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताए ।

    उनले भने, ‘मैले यो भन्दा पनि पहिला बारम्बार कुरा उठाउने गरेको थिँए–२०७२ सालमा गएको भूकम्पबाट पीडित भएका धेरै जनताहरुले अहिलेसम्म देशव्यापी रुपमा ६ हजार ११८ जना भूकम्प पीडितहरुले पहिलो किस्ता पाएर, दोस्रो र तेस्रो किस्ता नपाएर बस्नु भएको छ । वर्षातको समय लागिसक्यो । बारम्बार सरकारलाई अनुरोध गरिएको छ । घर निर्माण भईसके । तर सरकारले दिन्छु भनेको रकम अहिलेसम्म दिइएको छैन । त्यो यथाशिघ्र यही महिना भित्र अथवा यही आर्थिक वर्षमा सम्पन्न हुने गरी सरकारले भूकम्प पीडितहरुलाई रकम उपलब्ध गराओस् भन्ने अनुरोध गर्न चाहन्छु । त्यस्तै थप एक लाख रुपैयाँ दिने भनेर पहिलाबाटै निर्णय भईसकेको थियो । त्यो आजसम्म जान सकेको छैन । त्यसमा पनि सरकारको ध्यान आकृष्ट होस् भन्ने अनुरोध गर्न चाहन्छु । चर्चित भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन होस् । कोही दोषी नउम्कियोस् । निर्दोष नफसोस् ।’

    सांसद खतिवडाले बाँकि रहेका भूकम्प पीडितहरु अनुदान दिने काममा ढिलाई नगर्न आफूले पटक–पटक सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको गुनासो गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend