logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

    पूर्व गृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    पूर्व गृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    2.1K
    Shares
    पूर्व गृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै घरबाट पक्राउ परेका पूर्वमन्त्री खाँणलाई ४ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो ।

    यसअघि उनलाई वीर अस्पतालमा लगी स्वास्थ्य परीक्षण गरेर सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको थियो । त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

    बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend