logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • स्वास्थ्य विमा कार्यक्रमलाई अझैँ प्रभावकारी बनाउन लागिपर्छाैँ : स्वास्थ्यमन्त्री बस्नेत

    स्वास्थ्य विमा कार्यक्रमलाई अझैँ प्रभावकारी बनाउन लागिपर्छाैँ : स्वास्थ्यमन्त्री बस्नेत

    1.1K
    Shares
    स्वास्थ्य विमा कार्यक्रमलाई अझैँ प्रभावकारी बनाउन लागिपर्छाैँ : स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् ।

    मन्त्री बस्नेतले सो विमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भिरतापूर्वक लिएको बताए ।

    बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेटगरी उनले स्वास्थ्य विमा गरेका मानिसहरुलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे ।

    मन्त्री बस्नेतले स्वास्थ्य विमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको दावी पनि गरे ।

    उनले भने, ‘यो स्वास्थ्य विमाको बारेमा गम्भिर विषय उठेको छ । स्वास्थ्य विमामा एक रुपता पनि रहेन । अनि, विमा गरेको मान्छे भनेर अस्पिटलमा जाने वित्तिकै त्यसलाई दोस्रो दर्जाको विरामीको रुपमा हेरिने अवस्था पनि सुनेको छु मैले । र, अर्कोकुरा यो विमालाई जुन ढंगले प्रभावकारी बनाउनुपर्ने हो । यो कार्यक्रम राम्रो हो । तर यसलाई कार्यान्वयन गर्ने पक्ष त्यतिधेरै प्रभावकारी देखिएको छैन । मैले यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरि यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि कुरा गर्दै आएको छु । हामीले यसलाई सफलतापूर्वक सम्पन्न गर्ने र बजेटको भोल्युम अघि ठूलो बनाएर चाँडो यसलाई टुंग्याउनुपर्नेछ । र, विमा गरेकाहरुको उपचारमा सरलीकरण गर्न, प्रभावकारी गर्न सक्नुपर्ने बाध्यता छ । यसका लागि पनि यो पटक बजेट थपिएको छैन । हामीले यो कुरा उठाईराखेका छौं । यो गम्भिर कुरा हो । यसलाई गम्भिरताका साथ मैले आएको दिनबाट लिएको छु ।’

    मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भएपनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको पटकपटक दोहोर्‍याए ।

    उनले क्यान्सर जस्ता प्राणघातक रोगहरुको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend