logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • सरकारले काठमाडौंदेखि अष्ट्रेलिया सिधा उडानका लागि पहल गर्ने

    सरकारले काठमाडौंदेखि अष्ट्रेलिया सिधा उडानका लागि पहल गर्ने

    1.8K
    Shares

    पौष १४ काठमाडौं नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।

    अष्ट्रेलियामा करिब एक लाख ५० हजार नेपाली रहेका छन्। सिधा उडान नहुँदा नेपाली सहित विदेशी पर्यटकहरुले विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य छन्।

    सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको संख्या एक लाख २१ हजार २६० पुगिसकेको छ। सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो संख्या हो।

    अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो संख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ। सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका शहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने उनले बताए।

    अष्ट्रेलियन कम्पनीहरुले भारतका शहरबाट समेत हालसम्म उडान गरेको छैन। नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ। सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ।

    अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको बताए।

    जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्ट्रेलियाको भ्रमणमा जाँदैछन्। सो भ्रमणमा भट्टराईले त्यहाँका उच्च अधिकारीसँग भेटघाट गर्दै हवाई उडानका बारेमा छलफल गरिने उनले बताए।

    सिधा हवाई सेवा सुरु भएमा अष्ट्रेलियाको सिड्नी आसपासका क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुनेछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend