काठमाडौँ । काठमाडौँमा महानगरपालिकाले महानगरभित्र निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
महानगर प्रमुख बालेन शाहले आज सामाजिक सञ्जालमार्फत चौबिस घण्टे निःशुल्क एम्बुलेन्स सेवा काठमाडौँ महानगरपालिका भित्रका लागि आरम्भ गरिएको जानकारी दिएका हुन् ।
मेयर शाहले सामाजिक सञ्जालमा पोष्ट्याएका छन्– ‘काठमाडौ भरी २४ घन्टा नै १०२ मा कल गरेर एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।’
मेयर शाहले लिएको उक्त निर्णय प्रभावकारी रुपमा कार्यान्वयन र लागू हुन सकेका खण्डमा आकस्मिक दुर्घटनामा परेर घाइते हुने, सुत्केरी, महिला तथा वृद्धावृद्धालगायत असक्त र आर्थिक विपन्न भएकालाई राहात पुग्ने देखिन्छ ।