logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सुर्तीजन्य पदार्थमा कर बढाइ गरिवको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत

    सुर्तीजन्य पदार्थमा कर बढाइ गरिवको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत

    1.7K
    Shares
    सुर्तीजन्य पदार्थमा कर बढाइ गरिवको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

    हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने पतिवद्धता जनाएका छन् ।

    उनले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए ।

    उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभिया सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको पनि बताए ।

    मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताए ।

    कार्यक्रममा वागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गरेको बताए । उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष सिन्धुपाल्चोकका समग्र समस्या अवगत गराउँदै आएको पनि उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend