logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • संयुक्त राष्ट्रसंघ एजेन्सीको अनुमान: सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने

    संयुक्त राष्ट्रसंघ एजेन्सीको अनुमान: सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने

    1.1K
    Shares
    संयुक्त राष्ट्रसंघ एजेन्सीको अनुमान: सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने

    एजेन्सी । सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ ।

    मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले सो अनुमान गरेको हो।

    सुडानबाट इथियोपिया प्रवेश गर्ने व्यक्तिको सङ्ख्या सुडानमा हाल चलिरहेको राजनीतिक अवस्थाका कारण बढ्न सक्ने पनि प्रक्षेपण गरिएको छ ।

    अहिलेसम्म यस्ता व्यक्तिहरूको सङ्ख्या १८ हजार ५०० नाघेको छ । सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको बारेमा पछिल्लो स्थिति बढ्दो क्रममा छ ।

    अप्रिलको मध्य देखि नै सुडानबाट आउने मानिसहरूलाई इथोपियाले आश्रय दिरहेको छ ।

    इथियोपियाबाट फर्केकाहरू, तेस्रो–देशका नागरिकहरू, साथै सुडानीहरू अम्हारा, बेनिशाङ्गुल गुमुज र गाम्बेलाका क्षेत्रहरूमा सीमा पार गर्ने बिन्दुहरू मार्फत यहाँ प्रवेश गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend