काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज लिएको बयान नसकिएपछि भोलि पुनः बयान लिने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यो मुद्दामा अनुसन्धान सिध्याएर भोलिसम्ममा फाइल तयार गर्न समेत प्रहरीलाई निर्देशन दिएको छ ।
ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उनलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।