एजेन्सी । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई ‘लोकतन्त्रको विजयको सङ्केत’ भएको बताएका छन् ।
आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गरेका हुन्।
उनले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृण पार्दै ‘लोकतन्त्रको विजय’ गराएकामा बधाइ दिएका छन् ।
तुर्किएको पहिलो चरणको राष्ट्रपतिय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाताहरू दर्ता भएका छन्।
विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आह्वान गरिएको छ । झण्डै ८० प्रतिशत बढी बतदान भएको थियो ।