logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालको समिति प्रणाली धेरै नै लोकतान्त्रिक भयोः सांसद पन्त

    नेपालको समिति प्रणाली धेरै नै लोकतान्त्रिक भयोः सांसद पन्त

    910
    Shares
    नेपालको समिति प्रणाली धेरै नै लोकतान्त्रिक भयोः सांसद पन्त

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी रहेको बताएका छन् । मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भुमिकामा रहनुपर्ने बताए । उनले अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए । प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको बताए ।

    उनले भने, ‘समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी छ । सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भुमिकामा हामी छौँ, समितिले खेल्ने भुमिका के हो ? सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै त्यो व्यवस्थित छैन । राजनीतिक अस्थिरताले प्रभावकाकरी बन्न सकेको छैन । नेपालको समिति प्रणाली अति लोकतान्त्रिक छ, त्यसले हाम्रो संवेदनशीलतामा अफ्ठ्यारो भइरहेको छ ।’

    सांसद पन्तले नेपालको समिति प्रणाली अति लोकतान्त्रिक भएको र यसले समितिको संवेदनशीलतामा प्रश्न उठाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend