काठमाडौं । नक्कली भुटानी प्रकरणबारे अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन बुझाउन जिल्ला सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन आज नबुझाउने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको जानकारी दिए ।
प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ ।
अनुसन्धान नसकिएपछि प्रहरीले प्रहरी नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने तयारीमा प्रहरी रहेको छ ।