logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • काँग्रेस शहरकेन्द्रित हुन थाल्योः प्रथम राष्ट्रपति यादव

    काँग्रेस शहरकेन्द्रित हुन थाल्योः प्रथम राष्ट्रपति यादव

    1K
    Shares
    काँग्रेस शहरकेन्द्रित हुन थाल्योः प्रथम राष्ट्रपति यादव

    काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले काँग्रेस शहर केन्द्रित भएको आरोप लगाएका छन् ।

    बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोईराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताए ।

    उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहेपनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । उनले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताए ।

    उनले भने, ‘काँग्रेस शहर केन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोईरालाहरु गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो । पहिला केन्द्रिय समितिमा ३०,३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कम सेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तिमा एउटामा दुई जना पुग्थे । अरु पार्टीका पार्टीका सदस्यहरु ग्रासरुट गरिरहेका छन् । तपाईहरु यहाँ बसिरहनु हुन्छ ।’

    प्रथम राष्ट्रपति यादवले अरु पार्टीहरुले मिसन ग्रासरुट गरिरहँदा काँग्रेस भने शहरमा मात्रै केन्द्रित भइरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend