logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ८ महिनाको प्रतिबन्धमा परे स्ट्राइकर इभान टोनी

    ८ महिनाको प्रतिबन्धमा परे स्ट्राइकर इभान टोनी

    1K
    Shares
    ८ महिनाको प्रतिबन्धमा परे स्ट्राइकर इभान टोनी

    काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका स्ट्राइकर इभान टोनी ८ महिना लामो प्रतिबन्धमा परेका छन् । इङ्ल्यान्ड फुटबल संघ (एफए) को सट्टेबाजी (बेटिङ) सम्बन्धि नियम उल्लंघन गरेको आरोपमा २७ वर्षीय स्ट्राइकर टोनीमाथि प्रतिबन्ध लगाइएको हो ।

    इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका टोनी आफैले पनि सट्टेबाजी सम्बन्धि नियम उल्लंघन गरेको स्वीकारेका थिए । त्यसपछि एफएले उनमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै टोनीले सन् २०२४ को जनवरी १७ तारिखसम्म फुटबल खेल्न पाउने छैनन् ।

    टोनीलाई ५० हजार पाउण्ड जरिवाना पनि तोकिएको छ । टोनीमाथि सन् २०१७ को फेब्रुअरी २५ देखि सन् २०२१ को जनवरी २३ सम्म सट्टेबाजीसँग सम्बन्धित विभिन्न नियम उल्लंघन गरेको आरोप लगाइएको छ ।

    एफएको नियमअनुसार, खेलाडीहरूलाई सट्टेबाजी गर्न वा सट्टेबाजी प्रस्तावको जानकारी साझेदारी गर्न प्रतिबन्ध छ । टोनीले भने आफूमाथि लागेको प्रतिबन्धले निराश तुल्याएको प्रतिक्रिया दिएका छन् । ‘केवल यति भन्छु, अहिले म निराश छु,’ उनले भनेका छन्, ‘अब म आफ्नो ध्यान नियमित अभ्यास र अर्को सिजनको खेलमा केन्द्रीत गर्नेछु ।’

    टोनीले जारी सिजनको प्रिमियर लिगमा ब्रेन्टफोर्डका लागि ३३ खेल खेल्दै २० गोल गरेका छन् । हाल उनको क्लब ब्रेन्टफोर्ड अंक तालिकाको नवौं स्थानमा छ । ब्रेन्टफोर्डले हालसम्म ३६ खेलबाट ५३ अंक बटुलेको छ ।

    टोनीले अब प्रिमियर लिगमा आगामी शनिबार हुने टोट्टनहम र मे २८ तारिखमा हुने म्यानचेस्टर सिटीसँगको खेल पनि खेल्न पाउने छैनन् । टोनीको क्लब ब्रेन्टफोर्डले भने आफूहरुले परिस्थितिलाई नजिकबाट नियाली रहेको बताएको छ । टोनीमाथि लगाइएको आरोपको लिखित पत्र प्राप्त भएपछि यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाइने क्लबले जनाएको छ । एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend