logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्रीसँगको प्रश्नोत्तर केवल कर्मकाण्डी मात्रैः योगेश भट्टराई

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर केवल कर्मकाण्डी मात्रैः योगेश भट्टराई

    1.2K
    Shares
    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर केवल कर्मकाण्डी मात्रैः योगेश भट्टराई

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन् ।

    बिहीवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रश्न पहिले नै सोध्ने र तयारी साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने बताए ।

    उनले प्रश्नोत्तर केवल कर्मकाण्डी मात्रै भएको दावी गरे । भट्टराईले नक्कली भूटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशंका आफूलाई उब्जिएको बताए ।

    उनले भने, ‘संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन । प्रश्न पहिले सोधेर अनि उत्तर ल्याएर त्यसरी जीवन्त हुँदैन । प्रश्नोत्तर जीवन्त हुनुपर्छ । माननीयज्युहरुले त्यही सोध्ने प्रधानमन्त्रीले त्यही उत्तर दिने हुनुपर्छ । त्यसो भयोभने यो अलिकति आकर्षक हुन्छ । नत्र यो कर्मकाण्डी हुन्छ । हाम्रो आशंका के छ भने राजनीतिक दबाबले, वाह्य दबाबले र विभिन्न खालको दबाबले निर्मला हत्या प्रकरणलाई जसरी अनुसन्धानलाई अन्यत्र मोडियो त्यसैगरी यो अनुसन्धान अन्यत्र मोडिन्छ कि अथवा यस्तै सामसुम हुन्छ कि भन्नेकुराको आशंका आम हिसावले उठेको छ । त्यसकारणले त्यसलाई चित्तबुझ्दो प्रधानमन्त्रीको आजको जवाफले दिएन ।’

    उनले धेरै प्रश्नहरुमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend