logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • नेकपाको सचिवालय बैठक बस्दै, लाग्ला त सभामुखको टुंगो ?

    नेकपाको सचिवालय बैठक बस्दै, लाग्ला त सभामुखको टुंगो ?

    2.8K
    Shares

    पौष १७ काठमाडौं नेकपाको सचिवालय बैठक आज चार बजे बस्दैछ । बैठकको ऐजेण्डा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागी उम्मेद्धार चयन र सभामुखको बिषयमा छलफल हुने बताइएको छ ।

    सभामुख कसलाइ बनाउने भन्ने बारेमा दुइ अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डका बिचमा यसअघि पटक पटक छलफल भएपनि निश्कर्ष निस्कन सकेको छैन ।यसैबिच आज सचिवालय बैठक बस्दै छ बैठकले सभामुखको नामको टुङ्गो लगाउन सक्ला त राजनीतिक बृतमा चर्चाको बिषय बनेको छ । उपसभामुखलाइ राजीनामा दिन लगाएर सभामुख राख्ने नेकपाको तायरी छ ।

    संबिधानमा सभामुख र उपसभामुख फरक फरक दलको हुुनुपर्ने ब्यबस्था छ । निर्वतमान सभामुख कृष्णबहादुर महरा र उपसभामुख डा.शिवमाया तुम्वाहाम्फे नेकपाबाट भएकाले सभामुख र उपसभामुख मध्य एकपद छाड्नुपर्ने नेकपाको बाध्यता छ । सभामुखमा नयाँ अनुहार ल्याउने तयारी गरेको नेकपाले सदन खुलेको यतिलामो समयसम्म पनि उम्मेद्धारको टुङ्गो लगाउन सकेको छैन ।

    सभामुखका लागि दुइ अध्यक्षको आ आफ्नो रोजाइ हुनु र उपसभामुखको पनि दाबी हुनुले नेकपालाइ सभामुख चयनको बिषय सकसको बिषय बनिरहेको छ । प्रधानमन्त्रीको रोजाइमा पूर्व सभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । तर प्रचण्डको रोजाइमा अग्नी सापकोटा,देब गुरुङ लगाएत जो भएपनि पूर्व माओबादी पक्षका नेतालाइ बनाउन चाहेको श्रोतको दाबी छ । पूर्व माओबादीका नेताहरुले पार्टी एकता हुनुपुर्वको सहमति अनुसार पूर्व माओबादी पक्षबाट कसैलाइ सभामुख बनाउनुपर्ने प्रचण्डलाइ दबाब दिइरहेका छन् ।

    एकातिर दुइ अध्यक्ष आ आफ्ना अनुकुलका मान्छेलाइ सभामुख बनाउन चाहिरहेका छन् भने अर्को तिर उपसभामुख डा.तुम्बाहाम्फे आफु सभामुख बन्न योग्य भएका कारण सभामुख आफुबन्नुपर्ने दाबी गर्दै आउनु भएको छ ।उहालाइ राष्ट्रपतिको साथ रहेको पनि उपसभामुख निकटको श्रोत बताउछ ।जबसम्म उपसभामुखले राजीनामा दिनुहुन्न तवसम्म नेकपाको लागी सभामुखको उम्मेद्धारी दिने संबैधानीक बाटो खुल्दैन ।

    त्यसैले यसअघि बोलाइएको प्रतिनिधीसभा बैठक समेत स्थगीत हुदै आएको छ ।बिधेयक अबिधेसनको रुपमा चिनिने हिउदे अधिबेसनमा यस अघि बिबादित बनेका नागरीकता,मिडाया काउन्सील बिधेयक लगाएतका महत्वपुर्ण बिधेयकहरु यो अधिबेसनबाट पास गर्नुपर्ने छ ।त्यसैले पनि सभामुख जतिसक्दो चाडो चयन गर्नुपर्ने ंनेकपाका नेताहरु देखी प्रतिपक्षी दलका नेताहरुले माग गर्न थालेका छन् ।नीर्बतमान सभामुख कृष्णबहादुर महरामाथी गत असोज महिनामा संसद सचिवालयको कर्मचारीलाइ बलात्कार गरेको आरोप लागी सभामुख पदबाट राजीनामा दिएसँगै संघीय संसदको सभामुख पद रिक्त छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend