logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दुई मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

    दुई मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

    1.4K
    Shares
    दुई मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ ।

    प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो ।

    पार्टी सरकारमा सहभागी हुन लागेको जानकारी दिँदै नेकपा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्वमन्त्री खगराज भट्टले मन्त्री हुनेको नाम टुङ्गो लागिसकेको बताए। उनका अनुसार माओवादी केन्द्रले पाउने सामाजिक विकासमा अछामका झपडबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कैलालीका रमेशसिंह धामीको नाम सिफारिस गरिएको हो ।

    यस्तै, पार्टीले राज्यमन्त्रीमा डडेल्धुराकी गीतादेवी माललाई सरकारमा पठाउने निर्णय गरेको उनले बताए। पार्टीबाट मन्त्रीमा सामेल हुनेहरूको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको भन्दै उनले नवनियुक्त मन्त्रीहरूको आज साँझ नै शपथ हुने जानकारी दिए ।

    चुनाव लगत्तै प्रदेश सभाका बहुमत सदस्य आफूसँग रहेको दाबी पेस गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेको एक महिनामै विश्वासको मत नपाएर सरकारले ढल्यो ।

    त्यसपछि संवैधानिक प्रावधानअनुसार प्रदेश प्रमुखले सबैभन्दा ठुलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    प्रदेश सभाको ठुलो दलको हैसियतमा कांग्रेसका कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend