logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • आफ्नै ज्यानमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु

    आफ्नै ज्यानमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु

    917
    Shares
    आफ्नै ज्यानमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु

    काठमाडौं । एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेकी हुन् ।

    श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आफ्नै जिउँमा आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उनको उद्धार गरेको थियो ।

    प्रहरीले अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend