काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान मस्यौदा समितिको बैठक बसिरहेको छ ।
बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाउपर पार्टीका विभिन्न समिति र सङ्गठनहरुबाट प्राप्त सुझावहरुमाथि केन्द्रित रहेको छ ।
जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरुबाट गरी ७७८ जना प्रतिनिधि रहने छन् ।
असारको ९, १० र ११ गते विधान अधिवेशन गर्ने जसपाको तयारी रहेको छ ।