logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सुदूरपश्चिममा सरकार विस्तार: नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    सुदूरपश्चिममा सरकार विस्तार: नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    1.7K
    Shares
    सुदूरपश्चिममा सरकार विस्तार: नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार भएसँगै नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    प्रदेश प्रमुख देवराज जोशीले शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा नवमन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसैगरी, राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराए ।

    मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सामेल गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

    कांग्रेसबाट पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    त्यस्तै, माओवादी केन्द्रबाट मन्त्री बनेका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । माओवादीबाट नै गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी हुन् ।

    सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend