काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।
संसद सचिवायलयका अनुसार आजको राष्ट्रिय सभाको बैठकममा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल हुने कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सम्माननीय राष्ट्रपति महोदयले ०८० जेठ ५ गेत शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आव ०८०–८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्याक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् । सोही प्रस्ताव माथि संसदमा छलफल हुने बताइएको छ ।