logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तातोपानी नाकाबाट १४ हजार ६ सय टन रासायनिक मल भित्रियो

    तातोपानी नाकाबाट १४ हजार ६ सय टन रासायनिक मल भित्रियो

    1.9K
    Shares
    तातोपानी नाकाबाट १४ हजार ६ सय टन रासायनिक मल भित्रियो

    काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ ।
    तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो ।

    साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ ।

    सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताए । उनले यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि समग्री र ४ हजार टन साल्ट टे«निङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाई सकिएको बताए ।

    उनले केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताए । उनले तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताए । उनले बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको बताए । उनले तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टनर ल्याएको बताए ।

    उनले तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भएपनि नेपालतर्फको सडक मार्गमा समस्या रहेको बताए । उनले सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने बताए ।

    उनले सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिने गरी आयात गरिरहेको बताए । उनले भन्सारमा आएको मलको परीक्षण र इनपेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने बताए ।

    रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ ।

    तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो यो साता रासायनिक मल आयात भइरहेको बताए । उनले चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताए । उनले पछिल्लो समय आयात भइरहेको अवस्था हेर्दा भन्सार कार्यालयले राजश्व संकलन गर्ने लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए ।

    उनले तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व संकलन गर्ने लक्ष्य भएपनि अहिलेसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्रै राजश्व संकलन भएको बताए । उनले तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा कम्तिमा ६२ प्रतिशतसम्म राजश्व संकलन हुने अवस्था देखिएको बताए ।

    त्यस्तै,तातोपानी भन्सार व्यवस्थापनको जिम्मवारी पाएको ट्रान्सिल ट्रमिनल्सका प्रवन्धक अनिरुद्र थापाले पछिल्लो एक सातादेखि दैनिक ८ कन्टेनगर रासायनिक मल आयात भइरहेको बताए । उनले तातोपानी नाकामा पछिल्लो समय दैनिक ३ सय टन मल आयात भइरहेको बताए । प्रवन्धक थापाले भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्नसक्ने क्षमता रहेकाले त्यही अनुसार आयातकर्ता कम्पनीलाई आग्रह गरिको बताए ।

    उत्तरी नाकाबाट पनि रासायनिक मल भित्र्याएकाले यो वर्ष कृषकहरुले समयमै प्रयोग गर्न पाउने देखिएको छ । चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोवल टेन्डरमार्फत सिल्कले अनुमति पाएको थियो ।

    भारत हुँदै ल्याउने विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको छ । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा एकतर्फ रुपमा सञ्चालनमा आइरहेको थियो । तर गत मे १ तारिकदेखि आयात निर्यातको लागि नाका सञ्चालनमा आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend