logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • संघीयता खारेजीको कुरा निति, कार्यक्रममा आउनुपर्छः अध्यक्ष केसी

    संघीयता खारेजीको कुरा निति, कार्यक्रममा आउनुपर्छः अध्यक्ष केसी

    1.1K
    Shares
    संघीयता खारेजीको कुरा निति, कार्यक्रममा आउनुपर्छः अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन् ।

    उनले नेपालमा संघीयता बिरुद्धको जनमत तयार भइरहेको पनि बताए । उनले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताए । उनले कालापानीबाट भारतिय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए ।

    उनले भने, ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, संघीयताका बिरुद्धमा नेपालमा जनमत तयार गइराखेको । त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि भन्ने खतरा छ । त्यसकारणले मौकामै हामी शतर्क हुनुपर्छ । लोकतन्त्र र गणतन्त्रमाथि प्रतिगमनको खतरा अझै रहेको छ । लोकतन्त्रबिरुद्ध बादल मडारिएको छ यसका बिरुद्धमा हामी शतर्क हुनुपर्छ र एक हुनुपर्छ । कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ । संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाइ संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ । संघीयता हुँदैन ।’

    उनले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका निति, कार्यक्रम पारित हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend