logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री दाहाललाई विप्लवको सुझावः एक पटक माओवादी भएर काम गर्नुस्

    प्रधानमन्त्री दाहाललाई विप्लवको सुझावः एक पटक माओवादी भएर काम गर्नुस्

    980
    Shares
    प्रधानमन्त्री दाहाललाई विप्लवको सुझावः एक पटक माओवादी भएर काम गर्नुस्

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिएका छन् ।

    आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको बिरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताए । उनले सरकारले मन्त्रीपरिषद्मा जनचाहना अनुरुपका प्रश्तावह गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाए ।

    उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे । उनले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे ।

    उनले भने, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको बिद्रोह थियो । बिद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने आगोमा बिद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरुले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभुति गर्दछन् । आज त्यस्तै अनुभुति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रश्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको बिरुद्धमा उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि ।’

    महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend