logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्छ: देवेन्द्र पौडेल

    प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्छ: देवेन्द्र पौडेल

    1.2K
    Shares
    प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्छ: देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्ने बताएका छन् ।

    सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्ने बताएका हुन् ।

    ठिक आलोचनाहरुलाई सुन्ने र पूर्वाग्रह राखेका कुराहरुलाई खण्डन गर्नुपर्ने बताए । सत्तापक्षलाई प्रतिपक्षको खबरदारी आवश्यक रहेको उनको भनाई छ । उनले संसदमा केवल आलोचनाको लागि आलोचना नगरी परिणामको निम्ति बहश गर्नुपर्ने बताए ।

    उनले भने, ‘प्रतिपक्षले सदनमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्छ । र ठिक ठाउँमा उठाएका आलोचनालाई लोकतान्त्रिक प्रणाली अनुरुप ठिक ठाउँमा सुनिनु पनि लोकतन्त्रको सुन्दर तरिका हो । पूर्वाग्रह राखेर उठाइएको छ भने खण्डन गर्ने हो । अपुग भएका कुरा प्रतिपक्षले सचेत बनाएको छ भने प्रतिपक्षको खबरदारी सत्तापक्षको जिम्मेवारी तत्काल । यो प्रणाली अनुरुप लोकतन्त्रलाई लिएर जानु अहिलेको दायित्व हो । सदनको बहश आलोचनाको निम्ति आलोचना भन्दापनि परिणामको निम्ति बहशको रुपमा अगाडी बढाउनु जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend