logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नुपर्दैन: ठाकुर गैर

    प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नुपर्दैन: ठाकुर गैर

    1.1K
    Shares
    प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नुपर्दैन: ठाकुर गैर

    काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुर गैरेले प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नु नपर्ने बताएका छन् ।

    उनले सुझाव कार्यान्वयन गर्दा बजेट राम्रो हुने र सत्तापक्षले नै प्रशंशा पाउने भन्दै उनले सो कुरा सत्तापक्षलाई स्वीकार्य नभएको देखिएको बताए ।

    उनले भने, ‘सत्तापक्षले सदनमा जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले दिएका सुझावहरुलाई ग्रहण गरेर, कार्यान्वयन गरेर जाँदाखेरी यही सरकारको निति, कार्यक्रम पपुलर हुने हो नि । यही सरकारले ल्याउने बजेट जनपक्षिय बन्ने हो नि । यहाँ प्रश्तुत भएका सही सुझावहरु कार्यान्वयन गर्दाखेरी कार्यान्वयन गर्ने बित्तिकै यो सरकार परिवर्तन गर्नुपर्दैन नि । हामीले यो सदनमा हाम्रो सुझाव कार्यान्वयन ग¥यो यदी भने प्रधानमन्त्री बदल्नुपर्छ त भनेका छैनौँ नि । सुझावहरु कार्यान्वयन गर्दा प्रधानमन्त्री अहिलेकै रहने हो । अर्थमन्त्री अहिलेकै रहने हो । र उहाँहरुले नै सदनमा आएका सुझावलाई ग्रहण गरेर आफ्नो प्रतिवेदनलाई देश र जनताको पक्षमा समृद्ध बनायो । राम्रो बजेट ल्यायो । स्याबास् भनेर जनताले स्याबासी दिने उहाँहरुलाई नै । तर त्यो स्याबासी उहाँहरुलाई स्वीकार्य छैन भन्ने कुरा यहाँ देखा परिरहेको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend